- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति "निर्दिष्ट सीप" के हो?
निवासको स्थिति "निर्दिष्ट सीप" के हो?
प्राविधिक इंटर्न प्रशिक्षण भनेको प्रविधि ग्रहण गर्ने बसोबास-भिसा हो भने, निर्दिष्ट सीप चाहिँ परिश्रम गर्ने बसोबास-भिसा हो।
निर्दिष्ट सीप (i) को निवासको स्थिति
- जम्मा ५ वर्ष, जापानमा काम गर्न सक्नुहुनेछ
- आफ्नो परिवार ल्याउन सक्नुहुन्न
- जापानी सरह समान तलब पाईनेछ
- जापानी भाषा शिक्षा प्राप्त गर्न सक्नुहुनेछ
- कम्पनीबाट विभिन्न समर्थन (सहयोग) प्राप्त गर्न सकिनेछ
निर्दिष्ट सीप (ii) को निवासको स्थिति
- बसोबास गर्न पाउने अवधिमा समयसीमा नहुने
- आफ्नो परिवारलाई आफूसँगै ल्याउन सक्नुहुनेछ
निर्दिष्ट सीप (i) अन्तर्गत काम गर्न मिल्ने क्षेत्र
निर्दिष्ट सीप (i) अन्तर्गत श्रम गर्न पाउनेमा निम्न 19 क्षेत्रहरू पर्दछन्।
-

नर्सिङ्ग स्याहार सुहार
अशक्त मानिसहरूको समर्थन गर्ने काम
-

भवन सरसफाई व्यवस्थापन
भवन भित्र सफा गर्ने काम
-

निर्माण उद्योग
घर वा भवनहरू निर्माण गर्ने काम
-

औद्योगिक सामान उत्पादन उद्योग
पार्टस इत्यादि, सामान बनाउने काम
-

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
पानी जहाज बनाउने काम
-

अटोमोबाइल मर्मत-सम्भार
अटोमोबाइल निरीक्षण र मर्मत-सम्भार गर्ने काम
-

उड्डयन उद्योग
जहाजमा सामान लैजाने,विमानको निरीक्षण र मर्मत गर्नुहोस्। काम
-

होटेल सम्बन्धि उद्योग
होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने काम
-

अटोमोबाइल ढुवानी उद्योग
ट्रक या ट्याक्सी चलाएर मालसामान या मानिस बोक्ने काम
-

रेलमार्ग
ट्रेन मर्मत-सम्भार गर्ने, रेलमार्ग सञ्चालन गर्ने काम
-

कृषि
तरकारीहरू खेति र बालि काट्ने काम सुँगुर, गाई र कुखुरा जस्ता जनावरहरू हुर्काउने काम
-

माछा पालन र अक्वाकल्चर
माछा मार्ने र माछा पालन गर्न काम
-

खाना र पेय पदार्थको उत्पादन
खाना बनाउने काम
-

खाद्य सेवा उद्योग
हाल भित्र्याउने कार्य रोकिएको छ
रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने काम
-

वन उद्योग
रूख हुर्काउने, वनजङ्गल रेखदेख गर्ने काम
-

काष्ठ उद्योग
काष्ठ सामाग्री परिष्कृत गर्ने काम
-

रिसोर्स रिसाइक्लिङ सेक्टर
भवन-परिसरमा फोहर रिसाइकल गर्ने, उचित रूपमा विसर्जन गर्ने काम
*विस्तृत जानकारीको पेज भने तयार हुँदैछ।
-

लन्ड्री-कपडा सप्लाइ सेक्टर
होटेल या अस्पताल आदिमा भाडामा दिएको लन्ड्री-कपडाहरू (तन्ना या टावल आदि) सङ्कलन गरी, धुने आदि काम
*विस्तृत जानकारीको पेज भने तयार हुँदैछ।
-

लजिस्टिक वेरहाउस सेक्टर
लजिस्टिक वेरहाउसमा कार्गोको आगमन, बहिर्गमन र भण्डारणको व्यवस्थापन गर्ने काम
*विस्तृत जानकारीको पेज भने तयार हुँदैछ।
निर्दिष्ट सीप (ii) अन्तर्गत काम गर्न मिल्ने क्षेत्र
निर्दिष्ट सीप (ii) अन्तर्गत श्रम गर्न पाउनेमा निम्न 11 क्षेत्रहरू पर्दछन्।
-

भवन सरसफाई व्यवस्थापन
भवन भित्र सफा गर्ने कामको लिडर
-

निर्माण उद्योग
घर वा भवनहरू निर्माण गर्ने कामको लिडर
-

औद्योगिक सामान उत्पादन उद्योग
विभिन्न चीजहरू जस्तै पार्टहरू बनाउने कामको लिडर
-

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
पानी जहाज बनाउने कामको लिडर
-

अटोमोबाइल मर्मत-सम्भार
अटोमोबाइल निरीक्षण र मर्मत-सम्भार गर्ने कामको लिडर
-

उड्डयन उद्योग
जहाजमा सामान लैजाने, विमानको निरीक्षण र मर्मत गर्ने कामको लिडर
-

होटेल सम्बन्धि उद्योग
होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने कामको लिडर
-

कृषि
तरकारीहरू खेति र बालि काट्ने काम सुँगुर, गाई र कुखुरा जस्ता जनावरहरू हुर्काउने कामको लिडर
-

माछा पालन र अक्वाकल्चर
माछा मार्ने र माछा पालन गर्न कामको लिडर
-

खाना र पेय पदार्थको उत्पादन
खाना बनाउने कामको लिडर
-

खाद्य सेवा उद्योग
रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने कामको लिडर