निर्दिष्ट सीप (i)
"खाना र पेय पदार्थको उत्पादन" सेक्टर बारेमा

खानेकुरा बनाउने काम

व्यवसाय विवरणलाई

खाना र पेय पदार्थको उत्पादन सम्बन्धी समस्त (खानपिनका सामाग्री तथा प्रडक्ट (मदिरा बाहेक।) को उत्पादन, प्रशोधन एवम् सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता)

भित्र्याउने अपेक्षित सङ्ख्या

१३९००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“खाना र पेय पदार्थको उत्पादन निर्दिष्ट सीप (i) सीप मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii)लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि "कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका" हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय