काम गर्ने व्यक्तिको आवाज

वास्तवमा निर्दिष्ट सीपको निवासको स्थितिको साथ काम गर्ने व्यक्तिहरूको टिप्पणीहरूको बारेमा परिचय दिनेछु।

नर्सिङ्ग स्याहार सुहार क्षेत्र

  • EPA नर्सिंग केयर कार्यकर्ता उम्मेद्वारको रुपमा बितेका ४बर्षको अवधिमा, जापानको नर्सिङ्ग स्याहार सुहारको रुपमा काम गर्ने इच्छा भएको, र नर्सिंग केयर कार्यकर्ता राष्ट्रिय परीक्षामा पनि बाँकी७ अकं नपुगेकाले, फेरि प्रयास गर्न चाहान्छु।
  • शुरुवाती चरणमा नर्सिंग केयर कार्यकर्ता परीक्षा उत्तीर्ण गरि, जापानमा नर्सिङ्ग स्याहार सुहारकर्ता बन्न चाहनेहरूको लागि इन्डोनेसियामा, म लेक्चररको रूपमा नर्सिङ्ग स्याहार सुहारको राम्रो कुराहरु सिकाउन चाहान्छु।

सामग्री र उपकरण, औद्योगिक मेसिनरी, इलेक्ट्रिकल र इलेक्ट्रोनिक सूचना-सम्बन्धित उद्योगहरू क्षेत्र (पूर्व मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू क्षेत्र)

  • जापानीहरु दयालु हुन्छन् र कम्पनीमा पनि धेरै कार्यक्रमहरू हुन्छन, काम र निजी जीवन राम्ररी पुरा गर्छन्।
  • जापान नआउन्जेल सम्म धेरै चिन्तित थिएँ, तर मेरो सिनिएरहरु र बोसले राम्ररी सिकाए, त्यसैले अहिले ममाथी भरोसा गरेकाले मलाई खुशी छु।

सामग्री र उपकरणहरू, औद्योगिक मेसिनरी, इलेक्ट्रिकल र इलेक्ट्रोनिक सूचना-सम्बन्धित उद्योगहरू क्षेत्र (पूर्व औद्योगिक मेशिनरी उद्योग क्षेत्र)

  • जापान आउँदा सुरुमा मलाई धेरै समस्या भयो, तर काम गर्दै गएँ र आत्मबल बलियो हुँदै गयो र आफ्नो परिवारलाई सहयोग गरिरहेको महसुस गरेको छु।
    अहिले काममा पनि बानी परेको छ र अबको अर्को लक्ष्य भनेको छिटो र राम्रो उत्पादन बनाउन सक्षम हुनु हो।
  • जापानीको सोच्ने तरिका वा शिष्टाचार, सेवाहरू आदिको बारेमा सिक्न चाहन्छु र यसलाई भियतनाममा लिएर जान चाहन्छु।
    जब म जापान आएँ, मैले सोचेको भन्दा बढी काम गर्न सकेकोमा मेरो सक्षमता बढेको महसुस गरेको छु।

निर्माण उद्योग क्षेत्र

  • पहिलो पटकको प्राविधिक इंटर्न प्रशिक्षणार्थीको रुपमा जापानमा आएको बेलामा, काम पनि जीवनयापनको बारेमा पनि सम्क्षनु पर्ने कुराहरु धेरै भएकोले गाह्रो भएको थियो।
  • पुन:अध्यागमनगरेपछि जापानकोकस्टम, संस्कृतिमा पनि बानी परेपछि आरामका साथ जीवनयापन गर्न भएको छ।

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग क्षेत्र

  • प्राविधिक इंटर्न प्रशिक्षणार्थी र पानी जहाज निर्माण कामदारहरू र साथै यसपटको निर्दिष्ट सीप (i) को निवासको स्थितिको साथ काम गर्ने अवसर पाएर राम्रो भयो।
  • होस्ट कम्पनीमाइंटर्न प्रशिक्षार्थी  वा कामदारको रुपमा अनुभव भएको र कम्पनी र वेल्डिंग काम गर्न पनि बानि परेकोले यो काम गर्न सजिलो छ।
  • काममाइंटर्न प्रशिक्षणार्थी वा कामदारहरुलाई पनि काम सिकाउने र समूहको संयोजकको रूपमा पनि धेरै काम गर्न चाहन्छु।
  • होस्टलपनि कम्पनी र सुपरमार्केटको नजिकै भएकोले धेरै सुविधा छ।

भवन सरसफाई व्यवस्थापन क्षेत्र

  • जापान आउनु अघि चिन्तित थिएँ तर, कम्पनीले समर्थन गरेकाले, चाँडैनै जिवनयापनमा बानी पर्न गयो
  • जापानको भवन सरसफाई व्यवस्थापन टेक्नोलोजी, जापानी भाषा, जापानको संस्कृति बुझ्न सकेकोमा, यस कम्पनीमा काम गर्न पाएकोले राम्रो भयो
  • भविष्यमा, भियतनाममा जापानी भाषासँग सम्बन्धि काम र जापान जान चाहने मानिसहरूलाई मद्दत गर्न चाहन्छु।