काम गर्ने व्यक्तिको आवाज

वास्तवमा निर्दिष्ट सीपको निवासको स्थितिको साथ काम गर्ने व्यक्तिहरूको टिप्पणीहरूको बारेमा परिचय दिनेछु।

नर्सिङ्ग स्याहार सुहार

  • EPA नर्सिंग केयर कार्यकर्ता उम्मेद्वारको रुपमा बितेका ४बर्षको अवधिमा, जापानको नर्सिङ्ग स्याहार सुहारको रुपमा काम गर्ने इच्छा भएको, र नर्सिंग केयर कार्यकर्ता राष्ट्रिय परीक्षामा पनि बाँकी७ अकं नपुगेकाले, फेरि प्रयास गर्न चाहान्छु।
  • शुरुवाती चरणमा नर्सिंग केयर कार्यकर्ता परीक्षा उत्तीर्ण गरि, जापानमा नर्सिङ्ग स्याहार सुहारकर्ता बन्न चाहनेहरूको लागि इन्डोनेसियामा, म लेक्चररको रूपमा नर्सिङ्ग स्याहार सुहारको राम्रो कुराहरु सिकाउन चाहान्छु।

भवन सरसफाई व्यवस्थापन

  • जापान आउनु अगाडि चिन्ता लागेको थियो तर, कम्पनीको सपोर्ट पाएर चाँडो दैनिक जीवनयापनमा बानी पार्न सकेँ।
    जापानको भवन सरसफाई व्यवस्थापन प्रविधि/ जापानी भाषा/ जापानी संस्कृतिहरू बुझ्न पाएकोले, यस कम्पनीमा काम गर्न पाएकोमा मलाई राम्रो लागेको छ।
    भविष्यमा भियतनाममा जापानी भाषा सम्बन्धित काम या जापानमा जाने मानिसलाई मद्दत गर्न चाहन्छु।

निर्माण उद्योग

  • पहिलो पटकको प्राविधिक इंटर्न प्रशिक्षणार्थीको रुपमा जापानमा आएको बेलामा, काम पनि जीवनयापनको बारेमा पनि सम्क्षनु पर्ने कुराहरु धेरै भएकोले गाह्रो भएको थियो।
  • पुन:अध्यागमनगरेपछि जापानकोकस्टम, संस्कृतिमा पनि बानी परेपछि आरामका साथ जीवनयापन गर्न भएको छ।

औद्योगिक सामान उत्पादन उद्योग

  • जापान आउँदा सुरुमा मलाई धेरै समस्या भयो, तर काम गर्दै गएँ र आत्मबल बलियो हुँदै गयो र आफ्नो परिवारलाई सहयोग गरिरहेको महसुस गरेको छु।
    अहिले काममा पनि बानी परेको छ र अबको अर्को लक्ष्य भनेको छिटो र राम्रो उत्पादन बनाउन सक्षम हुनु हो।
  • जापान नआउन्जेल सम्म धेरै चिन्तित थिएँ, तर मेरो सिनिएरहरु र बोसले राम्ररी सिकाए, त्यसैले अहिले ममाथी भरोसा गरेकाले मलाई खुशी छु।

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

  • प्राविधिक इंटर्न प्रशिक्षणार्थी र पानी जहाज निर्माण कामदारहरू र साथै यसपटको निर्दिष्ट सीप (i) को निवासको स्थितिको साथ काम गर्ने अवसर पाएर राम्रो भयो।
  • होस्ट कम्पनीमाइंटर्न प्रशिक्षार्थी  वा कामदारको रुपमा अनुभव भएको र कम्पनी र वेल्डिंग काम गर्न पनि बानि परेकोले यो काम गर्न सजिलो छ।
  • काममाइंटर्न प्रशिक्षणार्थी वा कामदारहरुलाई पनि काम सिकाउने र समूहको संयोजकको रूपमा पनि धेरै काम गर्न चाहन्छु।
  • होस्टलपनि कम्पनी र सुपरमार्केटको नजिकै भएकोले धेरै सुविधा छ।

उड्डयन उद्योग

  • उड्डयन उद्योग क्षेत्रको निर्दिष्ट सीप योग्यता परीक्षा दिएर जागिर पाएँ। पहिलेदेखि नै उड्डयन उद्योगमा रुचि थियो त्यसैले यो कम्पनी छिर्न पाएर राम्रो भयो। जागिरमा लाग्नु अघिको र पछिको सपोर्ट पर्याप्त रहेकोले अत्यन्त कृतज्ञ छु।
  • काम मज्जाको छ अप्ठ्यारो परेको केहीपनि छैन। नबुझेको कुरा केही भए अनिवार्य रूपमा सोधेर समाधान गर्ने गरेको छु। तलब राम्रो भएर सन्तुष्ट छु।

होटेल सम्बन्धि उद्योग

  • मुख्यतया रेस्टुरेन्ट सेवा व्यवसायहरूमा काम गर्ने गरेको छु। अधिकृतमा बढुवा हुने सम्भावना भएकोले काम गर्न जाँगर चल्छ। ग्राहकवर्गले सिधैँ बोलाउँदा कुरा गर्न पाइने, सर्वेक्षण प्रश्नावलीमा आफ्नो नाम आउने र मूल्याङ्कनमा परिने अवसर धेरै हुने हुँदा, मोटिभेसन बढ्ने गरेको छ।

अटोमोबाइल ढुवानी उद्योग

  • सबै स्टाफले काम गर्न सजिलो हुने गरी रमाइलो कार्यस्थल बनाइराख्नु पर्छ। ग्राहकवर्ग सन्तुष्टि हुने गरी सर्भिस प्रदान गर्न चाहेकोले खुब जाँगर चल्छ। जापानी आतिथ्य व्यवसायलाई आफ्नो देशमा पनि विस्तार गर्न चाहेको छु।

रेलमार्ग

  • ग्राहकवर्गले कस्तो सोचिरहेका होलान् भनेर कल्पना गर्दै काम गर्न गाह्रो त हुन्छ तर, जाँगर चल्ने काम भएकोले रमाइलो अनुभव भइरहेको छ। अरूले सबैकुरा सिकाएपछि आफूले सिक्दै जाने होइन कि, नजानेको कुरा आफ्नो छेउका सिनियरहरूलाई सोध्ने, आफैँले सिकेर मेहनत गर्ने गर्न चाहन्छु।