निर्दिष्ट सीपको लागि निवासको स्थिति प्राप्त गर्न

परीक्षाको बारेमा

निर्दिष्ट सीप (i) को निवासको स्थितिले काम गर्नको लागि जापानी भाषाको परीक्षा र प्रवीणता परीक्षामा उत्रिर्ण हुन आवश्यक छ (जसले प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्ररी पूरा गरेका छन्, उनीहरूले परीक्षामा उत्रिर्ण जरुरि छैन। यद्यपि, अर्को क्षेत्रमा तपाई काम गर्न चाहानुहुन्छ भने तपाईले काम गर्न चाहानु भएको क्षेत्रको प्रवीणता परीक्षामा उत्रिर्ण हुन आवश्यक छ)।
परीक्षाको लागि पैसा लाग्छ।
परीक्षामा आउने प्रश्नको नुमना वेबसाइटमा चेक गर्न सक्नुहुन्छ।
साथै,अध्ययनको लागि पाठ र नमूना प्रश्नहरू वेबसाइटमा उपलब्ध छन्।
यहाँ, केहि क्षेत्रहरूको परीक्षा प्रश्नहरू सन्दर्भको रूपमा उपलब्ध छन्।

परीक्षाको विस्तृत जानकारी

अन्य निवासको स्थितिबाट परिवर्तनहरूका बारे

प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्ररी पूरा गरेका मानिसलाई परीक्षा उत्तीर्ण आवश्यक छैन।
यद्यपि, अर्को क्षेत्रमा काम गर्न चाहानुहुन्छ भने, काम गर्न चाहानु भएको क्षेत्रको प्रवीणता परीक्षामा उत्रिर्ण हुन आवश्यक छ)।
कम्पनीसंगको सम्झौताको रुपमा, अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिन सक्नुहुन्छ।
अन्य, निवासको स्थितिसँग (विदेशमा अध्ययन आदि) मानिसहरु, परीक्षामा उत्तीर्ण हुनु पर्छ।

कम्पनीसंग संग सम्झौताको बारेमा

कम्पनीसँग सम्झौता गर्नको लागि, कर्मचारीको रूपमा सुइकार्ने अन्तर्वार्ता गरि पास भएको हुनुपर्छ।
यदि तपाई जापान बाहिर हुनुहुन्छ भने, कर्मचारीको रूपमा सुइकार्ने अन्तर्वार्ता सीधा कम्पनी वा रोजगार एजेन्सी मार्फत गरिनु पर्छ।
यदि तपाई जापानमा हुनुहुन्छ भने, जापानमा कामको परिचय गरिदिने“हेल्लो वर्क”भनिने सरकारी कार्यालय छ।
नयाँ काम खोज्दै हुनुहुन्छ भने, हेल्लो वर्कमा कृपया सल्लाह लिनुहोस्।
कुनै पनि हेल्लो वर्कमा सल्लाह लिन सक्नुहुन्छ।

साथै, कामको कारणले समस्या भएमा वा थाहा नभएका कुराहरु भएमा “विदेशी कामदार परामर्श डेस्क” मा सल्लाह गर्न सक्नुहुन्छ।

बिषय

अध्यागमनबाट, “जीवनयापन तथा रोजगारी गाइडबुक” बनाइ, विदेशीहरुको लागि जापनमा जीवनयापन गर्दा, कामगर्दा चाहिने महत्त्वपूर्ण कुराहरु होमपेजमा सूचीबद्ध छन्।