आफ्नो सीप प्रयोग गरेर नयाँ करियर निर्माण
निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला
जापानमा श्रम गर्न चाहने महानुभाव समक्ष!
जापान राष्ट्र भित्र रहेर श्रम गर्न पाउने बसोबास-भिसा "निर्दिष्ट सीप प्रणाली" बारेमा, जापान भित्र वा बाहिर बसोबास गर्ने विदेशी नागरिकहरू निमित्तको प्रणाली सम्बन्धी वर्णन भेला आयोजना गरिनेछ।
  • इन्ट्री गरेको हुनुपर्छ
  • अनलाइन मार्फत सञ्चालन(Zoom)
  • सन् २०२५
    अक्टोबर२९तारिखबुधबार
    पहिलो पटक
    बेलुका ४:०० बजे–४:४५ बजे
    जापानीअंग्रेजी भाषाइन्डोनेसियाली भाषा
    दोस्रो पटक
    साँझ ५:०० बजे–५:४५ बजे
    जापानीथाई भाषाभियतनामी भाषा
    आवेदन म्याद:
    सन् २०२५ अक्टोबर २२ तारिख (बुधबार)
  • सन् २०२६
    जनवरी३१तारिखशनिबार
    तेस्रो पटक
    बेलुका ४:०० बजे–४:४५ बजे
    जापानीअंग्रेजी भाषाइन्डोनेसियाली भाषा
    चौथो पटक
    साँझ ५:०० बजे–५:४५ बजे
    जापानीथाई भाषाभियतनामी भाषा
    आवेदन म्याद:
    सन् २०२६ जनवरी २४ तारिख (शनिबार)

इन्ट्री

वर्णन भेलामा सहभागी हुन चाहने महानुभावले,
यो WEB फारामबाट आवेदन दिनुहोस्।

प्रणाली बारेको वर्णन भेलामा इन्ट्री

निर्दिष्ट सीप प्रणाली भन्नाले

निर्दिष्ट सीप भनेको, जापानमा विदेशी नागरिकले अझै सक्रिय रूपमा काम गर्न सकुन् भन्ने हेतुले बनाइएको बसोबास-भिसाको एउटा प्रकार हो। निर्दिष्ट सीप अन्तर्गत "(i)” नम्बर र "(ii)” नम्बरको बसोबास-भिसा हुन्छन् र यसमध्ये (ii) नम्बरको बसोबास-भिसाको लागि (i) नम्बरको बसोबास-भिसा भन्दा बढीको विशेषाज्ञिक सीप आवश्यक पर्दछ। हाल, निर्दिष्ट सीप (i) अन्तर्गत श्रम गर्न पाउनेमा १६ क्षेत्र, निर्दिष्ट सीप (ii) अन्तर्गत श्रम गर्न पाउनेमा ११ क्षेत्र पर्दछन्। क्षेत्र सम्बन्धी विस्तृत जानकारीको लागि, निम्न "निर्दिष्ट सीप अन्तर्गत श्रम गर्न पाउने क्षेत्र" निश्चय गर्नुहोस्।

निर्दिष्ट सीप प्रणाली बारेको जानकारी भिडियो

निर्दिष्ट सीप अन्तर्गत काम गर्न मिल्ने क्षेत्र

निर्दिष्ट सीप अन्तर्गत श्रम गर्नका लागि

निर्दिष्ट सीप अन्तर्गतको बसोबास-भिसा लिएर श्रम गर्नको लागि, जापानी भाषा परीक्षा र सीप परीक्षा दिएर उत्तीर्ण भएको हुनुपर्छ (प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षामा उत्तीर्ण भइराख्नु पर्दैन। तथापि, प्राविधिक इंटर्न प्रशिक्षणको प्रकार भन्दा भिन्दै क्षेत्र अन्तर्गत श्रम गर्ने हो भने, श्रम गर्न चाहेको क्षेत्र अन्तर्गतको सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने आवश्यकता रहन्छ।)। त्यस पश्चात् कम्पनीसँग करारमा बाँधिएमा, निर्दिष्ट सीप अन्तर्गतको बसोबास-भिसा आवेदन दिन सकिन्छ। आवेदन स्वीकृत भएमा, निर्दिष्ट सीप अन्तर्गत श्रम गर्न सकिन्छ।

धेरै सोधिने प्रश्नहरू

Q1 अहिले नै निर्दिष्ट सीप अन्तर्गत काम गर्न सक्ने योग्यता पुगेको छैन। प्रणाली बारेको वर्णन भेलामा सहभागी हुन पाउँछु त?
सहभागी हुन पाउनु हुन्छ।
निर्दिष्ट सीप अन्तर्गत काम गर्ने चाहना भएका विदेशी महानुभाव जसलेपनि सहभागी हुन पाउनु हुन्छ।
Q2 जापान बाहेकको राष्ट्रमा बसोबास गरिरहेको छु। प्रणाली बारेको वर्णन भेलामा सहभागी हुन पाउँछु त?
सहभागी हुन पाउनु हुन्छ।
इन्टरनेट कनेक्सन भएर Zoom प्रयोग गर्न मिल्ने जोसुकैले, जता बसोबास भएपनि सहभागी हुन पाउनु हुन्छ।
Q3 मानव संसाधन परिचय गराइदिने कम्पनी/ दर्ता गरिएको सहायता संस्थाहरूका कर्मचारी हुँ। प्रणाली बारेको वर्णन भेलामा सहभागी हुन पाउँछु त?
प्रणाली बारेको वर्णन भेला भनेको निर्दिष्ट सीप प्रणालीमा चासो राख्ने विदेशीहरूलाई दायरामा राखेको परियोजना हो।
तसर्थ, मानव संसाधन परिचय गराइदिने कम्पनी या दर्ता गरिएको सहायता संस्थाहरूका महानुभावहरूले सहभागिताको आवेदन दिन मिल्दैन। निर्दिष्ट सीप प्रणाली सम्बन्धी जानकारीहरू आप्रवासन तथा निवास नियन्त्रण निकायको वेबसाइट (https://www.moj.go.jp/isa/applications/ssw/index.html) मा राखिएकोले ती जानकारीहरू निश्चय गर्नुहोला।
तथापि, विदेशी नागरिकले प्रणाली बारेको वर्णन भेलामा सहभागी हुँदा, मानव संसाधन परिचय गराइदिने कम्पनी या दर्ता गरिएको सहायता संस्थाहरूको कर्मचारीसँगै बस्दा फरक पर्दैन।
Q4 भित्र्याउने निकायको कर्मचारी हुँ। प्रणाली बारेको वर्णन भेलामा सहभागी हुन पाउँछु त?
प्रणाली बारेको वर्णन भेला भनेको निर्दिष्ट सीप प्रणालीमा चासो राख्ने विदेशीहरूलाई दायरामा राखेको परियोजना हो।
तसर्थ, भित्र्याउने निकायका व्यक्तिले सहभागिताको लागि आवेदन दिन मिल्दैन।
निर्दिष्ट सीप प्रणाली सम्बन्धी जानकारीहरू आप्रवासन तथा निवास नियन्त्रण निकायको वेबसाइट (https://www.moj.go.jp/isa/applications/ssw/index.html) मा राख्ने गरिएको छ। त्यता हेर्ने गर्नुहोला।
Q5 प्रणाली बारेको वर्णन भेला बाहेकमा पनि निर्दिष्ट सीप सम्बन्धी इभेन्टहरू हुने गर्छन्?
उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग या स्थानीय स्वायत्त निकायले इभेन्ट सञ्चालन गर्ने गर्छ।
निर्दिष्ट सीप बृहत समर्थन साइट (https://www.ssw.go.jp/ne/eventfields/) मा इभेन्ट जानकारी राख्ने गरिएको छ। त्यता हेर्ने गर्नुहोला।
  • सिस्टम वर्णन भेला सम्बन्धी सोधपुछ
    Raino Konekuto Inc.
    ठेगाना:
    १०२-००८३ टोक्यो तो चियोदा कू कोउजिमाचि ३-५-२ BUREX Koujimachi B१F
    mail:
    tokuteiginou@plan-sms.co.jp
    खुल्ने समय: १०:०० बजे–दिउँसो १७:००

नर्सिङ्ग स्याहार सुहार

अशक्त मानिसहरूको समर्थन गर्ने काम

भवन सरसफाई व्यवस्थापन

भवन भित्र सफा गर्ने काम

निर्माण उद्योग

घर वा भवनहरू निर्माण गर्ने काम

औद्योगिक सामान उत्पादन उद्योग

विभिन्न चीजहरू जस्तै पार्टहरू बनाउने काम

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

पानी जहाज बनाउने काम

अटोमोबाइल मर्मत-सम्भार

अटोमोबाइल निरीक्षण र मर्मत-सम्भार गर्ने काम

उड्डयन उद्योग

जहाजमा सामान लैजाने,विमानको निरीक्षण र मर्मत गर्नुहोस्। काम

होटेल सम्बन्धि उद्योग

होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने काम

अटोमोबाइल ढुवानी उद्योग

ट्रक या ट्याक्सी चलाएर मालसामान या मानिस बोक्ने काम

रेलमार्ग

ट्रेन मर्मत-सम्भार गर्ने, रेलमार्ग सञ्चालन गर्ने काम

कृषि

तरकारीहरू खेति र बालि काट्ने काम सुँगुर, गाई र कुखुरा जस्ता जनावरहरू हुर्काउने काम

माछा पालन र अक्वाकल्चर

माछा मार्ने र माछा पालन गर्न काम

खाना र पेय पदार्थको उत्पादन

खाना बनाउने काम

खाद्य सेवा उद्योग

रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने काम

वन उद्योग

रूख हुर्काउने, वनजङ्गल रेखदेख गर्ने काम

काष्ठ उद्योग

काष्ठ सामाग्री परिष्कृत गर्ने काम

next
previous

भवन सरसफाई व्यवस्थापन

भवन भित्र सफा गर्ने कामको लिडर

निर्माण उद्योग

घर वा भवनहरू निर्माण गर्ने कामको लिडर

औद्योगिक सामान उत्पादन उद्योग

विभिन्न चीजहरू जस्तै पार्टहरू बनाउने कामको लिडर

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

पानी जहाज बनाउने कामको लिडर

अटोमोबाइल मर्मत-सम्भार

अटोमोबाइल निरीक्षण र मर्मत-सम्भार गर्ने कामको लिडर

उड्डयन उद्योग

जहाजमा सामान लैजाने, विमानको निरीक्षण र मर्मत गर्ने कामको लिडर

होटेल सम्बन्धि उद्योग

होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने कामको लिडर

कृषि

तरकारीहरू खेति र बालि काट्ने काम सुँगुर, गाई र कुखुरा जस्ता जनावरहरू हुर्काउने कामको लिडर

माछा पालन र अक्वाकल्चर

माछा मार्ने र माछा पालन गर्न कामको लिडर

खाना र पेय पदार्थको उत्पादन

खाना बनाउने कामको लिडर

खाद्य सेवा उद्योग

रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने कामको लिडर

next
previous