निर्दिष्ट सीप (i)
"खाद्य सेवा" सेक्टर बारेमा

रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने काम

खाद्य सेवा उद्योग क्षेत्रमा निर्दिष्ट सीप (i)को भिसा अन्तर्गत बसोबास गर्ने मानिसको सङ्ख्या, यस बर्षको मे महिनासम्ममा भित्र्याइने मानिसको सङ्ख्या (भित्र्याउन मिल्ने सीमा: ५० हजार जना) भन्दा नाघ्ने अनुमान गरिएकोले, यस वर्षको अप्रिल १३ तारिख पश्चात्, बसोबास-भिसा अनुमोदित प्रमाणपत्र (COE) दिन रोकिने प्रबन्ध अवलम्बन गरिएको छ।

विस्तृत विवरणको लागि तलको लिङ्क हेर्नुहोला

व्यवसाय विवरणलाई

खाद्य सेवा उद्योग सम्बन्धी समस्त (खानपिनका सामाग्री पकाउने, ग्राहक सेवा, पसल-रेस्टुराँ व्यवस्थापन)

भित्र्याउने अपेक्षित सङ्ख्या

५३००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“खाद्य सेवा उद्योग निर्दिष्ट सीप (i) सीप मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा

केही दृष्टान्तको परिचय