निर्दिष्ट सीप (ii)
"खाद्य सेवा" सेक्टर बारेमा

रेस्टुरेन्टमा ग्राहकहरु लाई सेवा दिने र खाना बोक्ने काम

व्यवसाय विवरणलाई

खाद्य सेवा उद्योग सम्बन्धी समस्त (खानपिनका सामाग्री पकाउने, ग्राहक सेवा, पसल-रेस्टुराँ व्यवस्थापन) एवम् पसल-रेस्टुराँ सञ्चालन

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“खाद्य सेवा उद्योग निर्दिष्ट सीप (ii) सीप मूल्याङ्कन परीक्षा” एवम् “जापानी भाषा प्रवीणता परीक्षा (N3 वा सो भन्दा माथि)”

वास्तविक-कार्यको अनुभव

खाद्यवस्तु स्वच्छता एवम् सरसफाइ व्यवस्थापन ऐनको व्यावसायिक सञ्चालन अनुमति प्राप्त गरेका पसल-रेस्टुराँ अन्तर्गत, बहुसंख्यक आरुबाइतो कामदार या निर्दिष्ट सीप भएका विदेशीहरूलाई मार्गनिर्देशन या सुपरिवेक्षण गर्दै ग्राहक सेवा लगायतका कार्यमा संलग्न रही, पसल-रेस्टुराँ व्यवस्थापन गर्ने सहायक स्वरूपको व्यक्ति (सहायक पसल प्रमुख, सब-म्यानेजर आदि) स्वरूपको वास्तविक-कार्य अनुभव (तथापि, उक्त अनुभव समापन गरेको र त्यसको अतिरिक्त कृषि-वन तथा मत्स्यपालन मन्त्रीले तोकेको अवधि ननाघेको व्यक्तिमा सीमित रहने।) हुनुपर्ने सर्त रहने।

केही दृष्टान्तको परिचय