निर्दिष्ट सीप (i)
"भवन सरसफाई व्यवस्थापन" सेक्टर बारेमा

भवन भित्र सफा गर्ने काम

व्यवसाय विवरणलाई

घर-संरचना भित्रको सरसफाई कार्य

भित्र्याउने अपेक्षित सङ्ख्या

३७००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“भवन सरसफाई व्यवस्थापन क्षेत्र निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii)लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गत निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय

भियतनामबाट आएका विदेशी नागरिकलाई भित्र्याएको बिल्डिङ मेन्टिन्यान्स उद्योगको मूल्याङ्कन

प्राविधिक इंटर्न प्रशिक्षण (ii) सम्पन्न गरेका व्यक्तिलाई स्टेपअप स्वरूप, निर्दिष्ट सीपलाई उपयोग गरिएको छ।
करार गरेको ठाउँले “प्रशिक्षार्थी स्वरूप काम गर्दाको दिनमा भन्दा बढी दायित्व बोध गरेर मेहनत गरिरहेको छ” भनी मूल्याङ्कन गरिएको छ।
विदेशी मानव संसाधन स्वयंलेपनि प्रशिक्षार्थीबाट स्थायी कर्मचारी बन्न पाउँदा अझै उच्च स्तरको कामको जिम्मा दिइने भएकोले, मन लगाएर काम गर्ने गरेको छन्।