निर्दिष्ट सीप (ii)
"कृषि" सेक्टर बारेमा

सागसब्जीहरू हुर्काउने, फसल भित्र्याउने काम
सुँगुर या गाई, कुखुरा लगायतका पशु हुर्काउने काम

व्यवसाय विवरणलाई

  • बिउँबिजन कृषि सम्बन्धी समस्त
    खेती व्यवस्थापन, कृषि उपजको सङ्कलन, निकासी ढुवानी तथा वर्गीकरणहरू एवम् यी व्यावसायिक-कार्य सम्बन्धित व्यवस्थापन कार्य
  • पशुपालन कृषि-कार्य सम्बन्धी समस्त
    पशुचारण व्यवस्थापन, पशुपालन सामाग्रीको सङ्कलन, निकासी ढुवानी तथा वर्गीकरणहरू एवम् यी व्यावसायिक-कार्य सम्बन्धित व्यवस्थापन व्यावसायिक-कार्य

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“(ii) कृषि सीप मूल्याङ्कन परीक्षा”

वास्तविक-कार्यको अनुभव

वास्तविक-कार्यको अनुभव भएको सर्तको लागि निम्न मध्ये कुनै एक पुरा भएको हुनुपर्ने।

  • कृषि गर्ने साइट अन्तर्गत बहुसंख्यक कामदारलाई मार्गनिर्देशन गर्दै कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यक्ति स्वरूपको वास्तविक-कार्यको अनुभव भएको
  • कृषि गर्ने साइटमा वास्तविक-कार्यको अनुभव भएको

केही दृष्टान्तको परिचय

नागासाकि प्रिफेक्चरमा, लेटस लगायतका सागसब्जीको खेतबारीको काम कृषकबाट ठेक्कामा लिएर, विदेशी नागरिकहरू क्रियाशील रहेका छन्।
प्रिफेक्चरको अगुवाइमा श्रमिक-आपूर्ति कम्पनी स्थापना।
विदेशी नागरिकले ढुक्क भएर जीवन गुजारा गरी, मजदुरी गर्न सक्ने वातावरण निर्माण गर्ने कार्यमा जुटेका छौँ।