निर्दिष्ट सीप (i)
"कृषि" सेक्टर बारेमा

सागसब्जीहरू हुर्काउने, फसल भित्र्याउने काम
सुँगुर या गाई, कुखुरा लगायतका पशु हुर्काउने काम

व्यवसाय विवरणलाई

  • बिउँबिजन कृषि-कार्य सम्बन्धी समस्त
    खेती व्यवस्थापन, कृषि उपज सङ्कलन, निकासी ढुवानी तथा वर्गीकरणहरू
  • पशुपालन कृषि-कार्य सम्बन्धी समस्त
    पशुचारण व्यवस्थापन, पशुपालन सामाग्रीको सङ्कलन, निकासी ढुवानी तथा वर्गीकरणहरू

भित्र्याउने अपेक्षित सङ्ख्या

७८००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“(i) कृषि सीप मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय

नागासाकि प्रिफेक्चरमा, लेटस लगायतका सागसब्जीको खेतबारीको काम कृषकबाट ठेक्कामा लिएर, विदेशी नागरिकहरू क्रियाशील रहेका छन्।
प्रिफेक्चरको अगुवाइमा श्रमिक-आपूर्ति कम्पनी स्थापना।
विदेशी नागरिकले ढुक्क भएर जीवन गुजारा गरी, मजदुरी गर्न सक्ने वातावरण निर्माण गर्ने कार्यमा जुटेका छौँ।