- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (ii)
"माछा पालन र अक्वाकल्चर" सेक्टर बारेमा
निर्दिष्ट सीप (ii)
"माछा पालन र अक्वाकल्चर" सेक्टर बारेमा
माछा पक्डिने, माछा हुर्काउने काम
व्यवसाय विवरणलाई
- माछा पालन र अक्वाकल्चर
माछा पक्डिने औजारको उत्पादन, मर्मत, जलीय जनावर तथा वनस्पतिको खोजतलास, माछा पक्डिने औजार ・मत्स्य श्रम मेसिनरी चलाउने, जलीय जनावर तथा वनस्पति टिप्ने पक्डिने, मत्स्य सिकार वस्तुको प्रशोधन, भण्डारण, सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता इत्यादि, चलाउने कार्य कमान्ड या सुपरिवेक्षण गर्ने व्यक्तिको सहायक स्वरूपको कार्य, कामदारलाई मार्गनिर्देशन दिने एवम् कार्य प्रक्रियाको व्यवस्थापन गर्ने - जलचर व्यवसाय
जलचर व्यवसायका सामाग्रीको उत्पादन, मर्मत, व्यवस्थापन, जलचर तथा वनस्पति हुर्काउने तथा त्यसको व्यवस्थापन, जलचर तथा वनस्पतिको सङ्कलन, प्रशोधन, सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता इत्यादि, जलचर व्यवस्थापन गर्ने व्यक्तिको सहायक स्वरूपको कार्य, कामदारलाई मार्गनिर्देशन दिने एवम् कार्य प्रक्रियाको व्यवस्थापन गर्ने
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“(ii) माछा पालन र अक्वाकल्चर सीप मूल्याङ्कन परीक्षा” एवम् “जापानी भाषा प्रवीणता परीक्षा (N3 वा सो भन्दा माथि)”
वास्तविक-कार्यको अनुभव
- माछा पालन र अक्वाकल्चर
माछा मार्ने डुङ्गा ऐन (सन् १९५० को कानुन नं. १७८) उपर दर्ता पाएको माछा मार्ने डुङ्गा अन्तर्गत रही चलाउने कार्यको कमान्ड या सुपरिवेक्षण गर्ने व्यक्तिको सहायक अथवा कामदारलाई मार्गनिर्देशन दिँदै कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यक्ति स्वरूपको वास्तविक-कार्यको अनुभव हुनुपर्ने सर्त रहने। - जलचर व्यवसाय
माछा पालन र अक्वाकल्चर ऐन (सन् १९४९ को कानुन नं. २६७) एवम् भित्री जलक्षेत्रको माछा पालन र अक्वाकल्चर प्रवर्द्धन सम्बन्धित कानुन (सन् २०१४ को कानुन नं. १०३)को अधीनमा रही सञ्चालन हुने जलचर व्यवसायको साइट अन्तर्गत, जलचरलाई व्यवस्थापन गर्ने व्यक्तिको सहायक स्वरूपको व्यक्ति अथवा कामदारलाई मार्गनिर्देशन दिने कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यक्ति स्वरूप वास्तविक-कार्यको अनुभव हुनुपर्ने सर्त रहने।
केही दृष्टान्तको परिचय
इसिकावा प्रिफेक्चरमा २० ओटा वा बढी माछा मार्ने डुङ्गामा विदेशी नागरिकहरू क्रियाशील रहेका छन्।
जापानी भाषाको अध्ययन सत्रमा सहभागी हुने, विदेशी मानव संसाधनहरू बीचमा बन्धन बनाएर, लोकल समाज कल्याण सुविधागृह या विद्यालयहरू भ्रमणमा जाने इत्यादि, स्थानीय क्षेत्रसँगको अन्तर्क्रियापनि यथेष्ट रूपमा आयोजना गर्ने गरिएको छ।