निर्दिष्ट सीप (i)
"माछा पालन र अक्वाकल्चर" सेक्टर बारेमा

माछा पक्डिने, माछा हुर्काउने काम

व्यवसाय विवरणलाई

  • माछा पालन र अक्वाकल्चर
    माछा पक्डिने औजार उत्पादन, मर्मत, जलीय जनावर तथा वनस्पतिको खोजतलास, माछा पक्डिने औजार, मत्स्य श्रम मेसिनरी चलाउने, जलीय जनावर तथा वनस्पति टिप्ने पक्डिने, मत्स्य सिकार वस्तुको प्रशोधन, भण्डारण, सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता इत्यादि
  • जलचर व्यवसाय
    जलचर व्यवसायका सामाग्री उत्पादन, मर्मत, व्यवस्थापन, जलचर तथा वनस्पति हुर्काउने तथा त्यसको व्यवस्थापन, जलचर तथा वनस्पति सङ्कलन, प्रशोधन, सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता इत्यादि

भित्र्याउने अपेक्षित सङ्ख्या

१७००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“(i) माछा पालन र अक्वाकल्चर सीप मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय

इसिकावा प्रिफेक्चरमा २० ओटा वा बढी माछा मार्ने डुङ्गामा विदेशी नागरिकहरू क्रियाशील रहेका छन्।
जापानी भाषाको अध्ययन सत्रमा सहभागी हुने, विदेशी मानव संसाधनहरू बीचमा बन्धन बनाएर, लोकल समाज कल्याण सुविधागृह या विद्यालयहरू भ्रमणमा जाने इत्यादि, स्थानीय क्षेत्रसँगको अन्तर्क्रियापनि यथेष्ट रूपमा आयोजना गर्ने गरिएको छ।