- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (i)
"होटेल सम्बन्धि उद्योग" सेक्टर बारेमा
निर्दिष्ट सीप (i)
"होटेल सम्बन्धि उद्योग" सेक्टर बारेमा
होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने काम
व्यवसाय विवरणलाई
होटेल सम्बन्धि उद्योगको संरचना अन्तर्गत पर्ने फ्रन्ट डेस्क कार्य, योजना बनाउने कार्य, जनसम्पर्क गर्ने कार्य, ग्राहक सेवा, रेष्टुरेन्ट सर्भिस जस्ता होटेल सम्बन्धि उद्योगको सेवा प्रदान गर्ने कार्यमा संलग्न व्यावसायिक-कार्य
भित्र्याउने अपेक्षित सङ्ख्या
२३००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“होटेल सम्बन्धि उद्योग क्षेत्र निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा”
*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। सेवा प्रदान गर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।
जापानी भाषा क्षमता
“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”
*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।