निर्दिष्ट सीप (ii)
"अटोमोबाइल मर्मत-सम्भार" सेक्टर बारेमा

अटोमोबाइल चेकजाँच तथा सर्भिसिङ गर्ने काम

व्यवसाय विवरणलाई

अन्य कर्मचारीलाई मार्गनिर्देशन गर्दै संलग्न हुने अटोमोबाइलको दैनिक चेकजाँच तथा सर्भिसिङ कार्य, आवधिक चेकजाँच तथा सर्भिसिङ कार्य, विशेष सर्भिसिङ कार्य, विशेष सर्भिसिङसँग जोडिएर आउने आम तवरको व्यावसायिक-कार्य

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“अटोमोबाइल मर्मत-सम्भार क्षेत्र निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा” अथवा “अटोमोबाइल मर्मत-सम्भार मेकानिक सीप प्रवीणता परीक्षा दोस्रो तह”

वास्तविक-कार्यको अनुभव

सडक परिवहन सवारीसाधन ऐन (सन् १९५१ को कानुन नं. १८५) दफा ७८ को उपदफा १ मा आधारित प्रादेशिक परिवहन प्रणाली ब्युरो प्रमुखबाट मान्यता प्राप्त उद्यमस्थलबाट वास्तविक-कार्यको अनुभव भएको सर्त रहने।

केही दृष्टान्तको परिचय

हिरोसिमा प्रिफेक्चरको उद्योगमा, निक्लेको धुवा विसर्जन रोकथाम डिभाइसको ढुवानी पाइप चेक गर्ने लगायतका आवधिक चेकजाँच तथा सर्भिसिङ कार्य, ब्रेक क्यालिपर झिकेर फेर्ने जस्ता खोलखाल गर्ने सर्भिसिङ कार्यमा पहल भइरहेको छ।
साथै, साइतामा प्रिफेक्चरको उद्योगमा, ट्रान्समिसन ओइलको परिमाण चेक गर्ने जस्ता आवधिक चेकजाँच तथा सर्भिसिङ कार्यमा पहल भइरहेको छ।
प्राविधिक इंटर्न प्रशिक्षणार्थीसँग पनि काम अनि निजी काममा बोलचाल हुने गरेकोले कार्यस्थलको माहौल एकदम राम्रो छ।