निर्दिष्ट सीप (i)
"पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग" सेक्टर बारेमा

पानी जहाज बनाउने काम

व्यवसाय विवरणलाई

  • पानी जहाज निर्माण
    सुपरिवेक्षकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरी पानी जहाज निर्माण गर्दाको प्रक्रियागत कार्यमा संलग्न
  • पानी जहाज निमित्तको यन्त्र
    सुपरिवेक्षकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरी पानी जहाज निमित्तको यन्त्र उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न
  • पानी जहाज निमित्तको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरण
    सुपरिवेक्षकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरी पानी जहाज निमित्तको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरणको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न

भित्र्याउने अपेक्षित सङ्ख्या

३६००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग क्षेत्र निर्दिष्ट सीप (i) परीक्षा” अथवा “सीप प्रवीणता तेस्रो तह”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय

यो भित्र्याउने उद्योगले गरेको मूल्याङ्कन हो।

प्रशिक्षार्थीको अनुभवलाई उपयोग गरेर, जापानमा अझै सीप अभिवृद्धि गर्न सकिने भएकोले, निर्दिष्ट सीप भनेको विदेशी महानुभावहरूको लागि अनि उद्योगी दुवै पक्षको लागि चाहिने प्रणाली रहेको छ।
निर्दिष्ट सीप भएका व्यक्तिको उपस्थितिले प्रशिक्षार्थी, जागिरे श्रमिकहरूको प्रेरणा बढ्ने गरेको छ।
यो क्यारिअर अप गर्नमा पनि जोडिन पुगेको छ।