निर्दिष्ट सीप (i)
"अटोमोबाइल ढुवानी उद्योग" सेक्टर बारेमा

अटोमोबाइल प्रयोग गरेर मानिस या वस्तु बोक्ने काम

व्यवसाय विवरणलाई

  • व्यावसायिक-कार्य निमित्तको अटोमोबाइल (ट्रक)को ड्राइभिङ तथा ड्राइभिङ सँग जोडिएर आउने व्यावसायिक-कार्य सम्बन्धी समस्त
  • व्यावसायिक-कार्य निमित्तको अटोमोबाइल (ट्याक्सी)को ड्राइभिङ तथा ड्राइभिङ सँग जोडिएर आउने व्यावसायिक-कार्य सम्बन्धी समस्त
  • व्यावसायिक-कार्य निमित्तको अटोमोबाइल (बस) ड्राइभिङ तथा ड्राइभिङ सँग जोडिएर आउने व्यावसायिक-कार्य सम्बन्धी समस्त

भित्र्याउने अपेक्षित सङ्ख्या

२४५०० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

अटोमोबाइल ढुवानी उद्योग सेक्टरमा निर्दिष्ट सीप (i) को बसोबास-भिसा अन्तर्गत भित्र्याइने विदेशी भनेको, निम्नानुसार निर्धारित परीक्षामा उत्तीर्ण भएको व्यक्ति, ट्याक्सी परिवहन व्यवसाय एवम् बस परिवहन व्यवसाय अन्तर्गत, यी परीक्षा उत्तीर्ण हुनुका साथै, नयाँ नियुक्ति ड्राइभर तालिम सम्पन्न गरेको व्यक्ति हुनेछ।

सीपको मापदण्ड

  • ट्रक
    अटोमोबाइल ढुवानी उद्योग निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा (ट्रक) एवम् टाइप-१ ड्राइभिङ लाइसेन्स
  • ट्याक्सी
    अटोमोबाइल ढुवानी उद्योग निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा (ट्याक्सी) एवम् टाइप-२ ड्राइभिङ लाइसेन्स
  • बस
    अटोमोबाइल ढुवानी उद्योग निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा (बस) एवम् टाइप-२ ड्राइभिङ लाइसेन्स

जापानी भाषा क्षमता

  • ट्रक
    जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा अथवा जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)
  • ट्याक्सी
    जापानी भाषा प्रवीणता परीक्षा (N3 वा सो भन्दा माथि)
  • बस
    जापानी भाषा प्रवीणता परीक्षा (N3 वा सो भन्दा माथि)