निर्दिष्ट सीप (i)
"उड्डयन उद्योग" सेक्टर बारेमा

विमानमा लगेज ओसारपसार गर्ने, विमानको चेकजाँच तथा सर्भिसिङ गर्ने काम

व्यवसाय विवरणलाई

  • एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङ
    कम्पनीको आन्तरिक योग्यतावाहक मार्गनिर्देशक या टीम लिडरको मार्गनिर्देशन वा सुपरिवेक्षणमा रही, जमिनमा कुदाउँदाको सहायतामूलक कार्य गर्ने, ह्याण्ड लगेज या मालसामान ह्यान्डलिङ गर्ने कार्यहरूमा संलग्न रहनुपर्ने व्यावसायिक-कार्य
  • उड्डयन उद्योगको हवाईजहाज सर्भिसिङ
    हवाईजहाजको बडी, साजसज्जाका सामानहरूको सर्भिसिङ गर्ने कार्यहरू

भित्र्याउने अपेक्षित सङ्ख्या

४४०० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“उड्डयन उद्योग क्षेत्र (सेक्टर) निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।

केही दृष्टान्तको परिचय

मार्गनिर्देशन दिँदाको समयमा कसरी बताउँदा कुशलतापूर्वक बुझाउन सकिन्छ, फेरि एकचोटि सोच्ने मौका मिल्यो।
यस कम्पनीमा थुप्रै विदेशी नागरिकले काम गर्ने विभाग पनि रहेको छ। आउँदा दिनमा अझै क्रियाशील रहने विदेशी नागरिक हुर्काउनका निमित्त, कस्तो खालको मार्गनिर्देशन विधि राम्रो हुन्छ, कर्मचारी आफैँलाई सोचेर, गतिविधि गर्न सक्ने मानव संसाधन विकास गर्ने गरी पहल गरिने छ।