निर्दिष्ट सीप (i)
"निर्माण उद्योग" सेक्टर बारेमा

घर या बिल्डिङ इत्यादि, भवन बनाउने काम

व्यवसाय विवरणलाई

  • सिभिल इन्जिनियरिङ
    मार्गनिर्देशकको निर्देशन या सुपरिवेक्षणमा रहेर, सिभिल संरचनाको नयाँ संरचना स्थापना, पुनर्निर्माण, मर्मतसम्भार, रिफर्म अन्तर्गतका कार्यहरूमा संलग्न
  • घर-संरचना
    मार्गनिर्देशकको निर्देशन या सुपरिवेक्षणमा रहेर, घर-संरचनाको नवनिर्माण, विस्तारित निर्माण, पुनर्निर्माण वा स्थानान्तरण अथवा रिफर्म वा बाहिरी डिजाइन परिवर्तन अन्तर्गतका कार्यहरूमा संलग्न
  • लाइफलाइन या उपकरण
    मार्गनिर्देशकको निर्देशन या सुपरिवेक्षणमा रहेर, विद्युतीय सञ्चार, ग्याँस, धाराको पानी, इलेक्ट्रिक तथा अन्य लाइफलाइन या उपकरणको सर्भिसिङ, जडान वा स्थापना, परिवर्तन अथवा मर्मत अन्तर्गतका कार्यहरूमा संलग्न

भित्र्याउने अपेक्षित सङ्ख्या

८०००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा) 

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“निर्माण उद्योग क्षेत्र निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा” अथवा “सीप प्रवीणता तेस्रो तह”

*यस सेक्टर (उद्योग क्षेत्र) सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii)लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकार या सीप प्रवीणताहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।