निर्दिष्ट सीप (ii)
"निर्माण उद्योग" सेक्टर बारेमा

घर या बिल्डिङ इत्यादि, भवन बनाउने काम

व्यवसाय विवरणलाई

  • सिभिल इन्जिनियरिङ
    निर्माण उद्योग सम्बन्धी सीप भएका बहुसंख्यक व्यक्तिलाई मार्गनिर्देशन गर्दै, नयाँ सिभिल संरचनाको स्थापना, पुनर्निर्माण, मर्मतसम्भार, रिफर्म अन्तर्गतका कार्यहरूमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने
  • घर-संरचना
    निर्माण उद्योग सम्बन्धी सीप भएका बहुसंख्यक व्यक्तिलाई मार्गनिर्देशन गर्दै, घर-संरचना नवनिर्माण, विस्तारित निर्माण, पुनर्निर्माण वा स्थानान्तरण अथवा रिफर्म वा बाहिरी डिजाइन परिवर्तन अन्तर्गतका कार्यहरूमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने
  • लाइफलाइन तथा उपकरण
    निर्माण उद्योग सम्बन्धी सीप भएका बहुसंख्यक व्यक्तिलाई मार्गनिर्देशन गर्दै, विद्युतीय सञ्चार, ग्याँस, धाराको पानी, बिजुलीबत्ती तथा अन्य लाइफलाइन या उपकरणको सर्भिसिङ तथा जडान वा स्थापना, परिवर्तन अथवा मर्मत कार्यहरूमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“निर्माण उद्योग क्षेत्र निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा”, “सीप प्रवीणता प्रथम तह” अथवा “सीप प्रवीणता सिङ्गल तह”

*यसको दायरामा पर्ने सीप प्रवीणताहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

वास्तविक-कार्यको अनुभव

निर्माण उद्योगको काम गर्ने साइटमा निर्माण उद्योग सम्बन्धी सीप भएका बहुसंख्यक व्यक्तिलाई मार्गनिर्देशन गर्दै कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यक्ति (टीम लिडर) स्वरूपको वास्तविक-कार्यको अनुभव भएको सर्त रहने।