निर्दिष्ट सीप (i)
"नर्सिङ्ग स्याहार सुहार" सेक्टर बारेमा

वृद्धावस्ता या अपाङगता भएका महानुभावहरू जसलाई दैनिक जीवनयापन गर्न कष्ठ बेहोर्नु पर्छ उहाँहरूलाई आत्मनिर्भर भएर जीवन चलाउन सपोर्ट गर्ने काम

व्यवसाय विवरणलाई

श शारीरिक नर्सिङ्ग स्याहार सुहार आदि (सेवाग्राहीको मानसिक तथा शारीरिक अवस्था अनुसारको नुहाइधुवाइ, खानपान, दिसापिसाब गर्न सहयोग पुर्याउने आदि) लगायतका, यो सँग जोडिएर आउने सहायतामूलक व्यावसायिक-कार्य (रिक्रियसन अर्थात् मनोरञ्जनात्मक कार्य गरिदिने, रिह्याभिलिटेसन अर्थात् हातखुट्टा चलाउने तालिम गर्न सहयोगी भूमिका इत्यादि)

भित्र्याउने अपेक्षित सङ्ख्या

१३५००० जना
(सन् २०२४ अप्रिलदेखि २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“नर्सिङ्ग स्याहार सुहार सीप मूल्याङ्कन परीक्षा”

*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii)लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। दायरामा पर्ने पेसाका प्रकारहरूको लागि "विशेष सेक्टर अन्तर्गत निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका" हेर्नुहोला।

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”
(जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा अथवा जापानी भाषा प्रवीणता परीक्षा N4 सँगसँगै) नर्सिंग केयर जापानी भाषा कुशलता मूल्यांकन परीक्षा

*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा। तथापि, नर्सिङ्ग स्याहार सुहार पेसाका प्रकार बाहेकको प्राविधिक इंटर्न प्रशिक्षण हो भने, नर्सिंग केयर जापानी भाषा कुशलता मूल्यांकन परीक्षा उत्तीर्ण भएको हुनुपर्छ।

केही दृष्टान्तको परिचय

खानागावा प्रान्त अन्तर्गतको सशुल्क वृद्धाश्रममा काम गर्ने इन्डोनेशियाली पुरुषलाई भित्र्याउने सुविधागृहले गरेको मूल्याङ्कन

उनी आफ्नो कुनै पूर्वधारणा वा व्यक्तिपरक दृष्टिकोणबाट ग्रसित नभइकन, नर्सिङ्ग स्याहार सुहारको लागि आवश्यक पर्ने सिम्पल अनि वस्तुनिष्ठ दृष्टिकोणबाट त्यहाँको परिस्थिति बुझ्न सक्छन्।
इमान्दार एवम् मन लगाएर व्यावसायिक-कार्य गर्ने गरेको उनको रूप देखेर अरू जापानी स्टाफपनि प्रेरित भएर, गुणन हुँदै जाने सिनर्जि इफेक्ट देखिएको छ।