- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (i)
"औद्योगिक सामान उत्पादन उद्योग" सेक्टर बारेमा
निर्दिष्ट सीप (i)
"औद्योगिक सामान उत्पादन उद्योग" सेक्टर बारेमा
पार्टस इत्यादि, सामान बनाउने काम
व्यवसाय विवरणलाई
- मेसिन धातु प्रशोधन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, अर्ध-तयार प्रडक्टहरू या औद्योगिक मेसिनहरूको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न - इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरण जोडजाड
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरणहरूको उत्पादन प्रक्रिया, जोडजाड गर्ने प्रक्रियागत कार्यमा संलग्न - धातुको माथिल्लो सतह प्रशोधन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, माथिल्लो सतह प्रशोधन लगायतका कार्यमा संलग्न - कागजे सामान/ कार्डबोर्ड बाकस उत्पादन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, कागजे सामान/ कार्डबोर्ड बाकस उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न - कन्क्रिट प्रडक्ट उत्पादन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, कन्क्रिट प्रडक्ट उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न - RPF उत्पादन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, टुक्र्याउने या आकारमा ढाल्ने लगायतका कार्यमा संलग्न - सेरामिक्स प्रडक्ट उत्पादन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, सेरामिक्स प्रडक्टको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न - प्रिन्टिङ/ बुक बाइन्डिङ
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, अफसेट प्रिन्टिङ, ग्राभ्युर प्रिन्टिङ, बुक बाइन्डिङ गर्दाको प्रक्रियागत कार्यमा संलग्न - टेक्स्टाइल प्रडक्ट उत्पादन
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, टेक्स्टाइल प्रडक्टको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न - सिलाई
मार्गनिर्देशकको निर्देशन बुझेर अथवा आफैले निर्णय गरेर, सिलाई प्रक्रियाको कार्यमा संलग्न
भित्र्याउने अपेक्षित सङ्ख्या
१७३३०० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“उत्पादन सेक्टर निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा”
*यस सेक्टर सम्बन्धित प्राविधिक इंटर्न प्रशिक्षण (ii)लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षाबाट छुटकारा पाउने हुन्छ। (दायरामा पर्ने पेसाका प्रकारहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।)
जापानी भाषा क्षमता
“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”
*जापानी भाषा परीक्षाको हकमा पेसाका प्रकार जेसुकै भएपनि प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको छ भने, परीक्षाबाट छुटकारा।