निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला सहभागिता आवेदन फाराम

जापानमा काम गर्न चाहने विदेशी नागरिकहरू समक्ष

निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेलामा, जापानमा काम गर्न पाइँने "निर्दिष्ट सीप” नामको बसोबास-भिसा बारेमा, विदेशी नागरिकहरू प्रति वर्णन गरिनेछ।
निर्दिष्ट सीप बारेमा प्रश्न गर्न सकिनेछ।
जापानमा बसोबास गरिराख्नु भएका महानुभाव वा विदेशमा बसोबास गरिरहनु भएका जो कोहीले पनि सहभागी हुन सक्नु हुनेछ।
सहभागी हुन चाहने महानुभावले निम्न विवरण भर्नुहोस्।

  • सन् २०२५
    अक्टोबर २९तारिखबुधबार
    पहिलो पटक
    बेलुका ४:०० बजे–४:४५ बजे
    जापानीअङ्ग्रेजीइन्डोनेशियाली
    दोस्रो पटक
    साँझ ५:०० बजे–५:४५ बजे
    जापानीथाईभियतनामी
    आवेदन म्याद:
    अक्टोबर २२, २०२५ बुधबार
  • सन् २०२६
    जनवरी ३१तारिखशनिबार
    तेस्रो पटक
    बेलुका ४:०० बजे–४:४५ बजे
    जापानीअङ्ग्रेजीइन्डोनेशियाली
    चौँथो पटक
    साँझ ५:०० बजे–५:४५ बजे
    जापानीथाईभियतनामी
    आवेदन म्याद:
    जनवरी २४, २०२६ शनिबार
  1. भर्ने
  2. निश्चय गर्ने
  3. सम्पन्न

कृपया आफू बारे आवश्यक जानकारी भर गर्नुहोस्।

आवश्यक
नामथर

आवश्यक
इमेल एड्रेस

आवेदन सम्पन्न भएको सूचना तथा वर्णन भेलामा सहभागी हुनका लागि आवश्यक जानकारी (Zoom URL आदि)लाई माथि उल्लिखत इमेल एड्रेसमा पठाइने भएकोले, अग्रिम रूपमा”tokuteiginou@plan-sms.co.jp”को डोमेनबाट आएको इमेल रिसिभ हुने गरी सेटिङ गर्नु हुन अनुरोध छ।

आवश्यक
राष्ट्रियता

आवश्यक
बसेको राष्ट्र

आवश्यक
बसोबास-भिसा

आवश्यक
जापानी भाषा परीक्षा उत्तीर्ण हुनु भएको छ?

आवश्यक
निर्दिष्ट सीप अन्तर्गत कुन काम गर्न चाहनु हुन्छ बताउनुहोस्।
(धेरै ओटा चयन गर्न मिल्ने)

अनिवार्य रूपमा भर्नुहोस्।

आवश्यक
कहिलेदेखि काम गर्न चाहनु हुन्छ?

आवश्यक
कुन भाषामा प्रणाली बारेको वर्णन सुन्नु चाहनु हुन्छ?

अनिवार्य रूपमा भर्नुहोस्।

आवश्यक
प्रणाली बारेको वर्णन भेलामा सहभागी हुन चाहेको मिति चयन गर्नुहोस्।
(धेरै ओटा चयन गर्न मिल्ने)

अनिवार्य रूपमा भर्नुहोस्।

आवश्यक
प्रणाली बारेको वर्णन भेला कहाँबाट थाहा पाउनु भयो?
(धेरै ओटा चयन गर्न मिल्ने)

अनिवार्य रूपमा भर्नुहोस्।

सहभागिता विनियमावली, व्यक्तिगत सूचनाको ह्यान्डिलिङ लगायत सहभागिता आवेदन फाराम प्रयोग विनियमावलीमा मञ्जुरी दिएर मात्र अगाडि बढ्नुहोस्।

निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला; सहभागिता विनियमावली

नियम १ (यस विनियमावलीको उद्देश्य)

यस विनियमावलीले आप्रवासन तथा निवास नियन्त्रण निकायद्वारा सञ्चालित निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला (उपरान्त "वर्णन भेला" भनिने।) मा सहभागी हुन चाहने व्यक्ति (उपरान्त “सहभागिताको इच्छार्थी" भनिने।)लाई वर्णन भेलामा सहभागी हुनका निमित्तका आवश्यक बुँदाहरू निर्धारण गरिदिनेछ।
पुनश्च, वर्णन भेलालाई आप्रवासन तथा निवास नियन्त्रण निकायबाट Rhino Connect Inc. (उपरान्त "यस कम्पनी" भनिने।) ले ठेक्का लिएको "निर्दिष्ट सीप प्रणाली उपयोग तथा प्रवर्धन निमित्तको निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला सञ्चालन कार्य" अन्तर्गत यस कम्पनीले सञ्चालन गर्नेछ।

नियम २ (सहभागिता विनियमावलीमा मन्जुरी)

वर्णन भेलामा सहभागी हुनका लागि यस विनियमावलीमा मन्जुरी जनाएको हुनुपर्छ। पुनश्च, निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला सहभागिता आवेदन फाराम (उपरान्त "WEB फाराम" भनिने।) प्रयोग गरी सहभागिताको आवेदन गर्नु भएका महानुभावले यस विनियमावलीमा मन्जुरी जनाउनु भएको मानिने छ।

नियम ३ (सहभागिताको आवेदन)

सहभागिताको इच्छार्थीले यस विनियमावलीको अन्तर्वस्तु एवम् छुट्टै तोकिएको "व्यक्तिगत सूचना प्रतिको व्यवहार बारेमा" मन्जुरी जनाएर मात्र, WEB फाराम प्रयोग गरी सहभागिताको आवेदन दिनु पर्नेछ।
यस कम्पनीले सहभागिताको आवेदन प्राप्त गरेपछि इच्छार्थीलाई आवेदन दर्ता भएको सूचना दिइएको समयविन्दुबाट यस कम्पनी र सहभागिताको इच्छार्थी बीचमा यस विनियमावली अन्तर्गतको करार स्थापित हुनेछ।

नियम ४ (निषेधित बुँदा)

वर्णन भेलामा सहभागिता जनाउँदा तल उठान गरिएका क्रियाकलाप निषेधित हुनेछ।
१. अरू व्यक्ति (तेस्रो पक्ष)को सट्टामा आउने कार्य।
२. अन्य सहभागीको व्यक्तिगत कुरा सोध्ने वा अन्य कुनै आह्वान गर्ने कार्य।
३. वर्णन भेलाको सञ्चालनलाई बदनियत राखेर अवरोध पुर्याउने कार्य।
४. आप्रवासन तथा निवास नियन्त्रण निकाय, यस कम्पनी अन्य तेस्रो पक्षको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, फोटो सम्बन्धी अधिकार, गोपनीयता सम्बन्धी अधिकार, अरूको मान प्रतिष्ठा, अन्य अधिकार अथवा लाभलाई अतिक्रमण गर्ने कार्य।
५. अन्य ऐन-कानुनहरू उल्लङ्घन हुने कार्य।

नियम ५ (उत्तरदायित्वमा नपर्ने बुँदा)

यस कम्पनीले प्राकृतिक प्रकोप, आगलागी, हूलदङ्गा, अन्य यस कम्पनीले तर्कसङ्गत रूपमा आफ्नो बसमा राख्न नसक्ने कारणले वर्णन भेला रोक्ने, स्थगन गर्ने, समय सार्ने आदि भएको खण्डमा प्रयोगकर्ता प्रति पर्न गएको हानी नोक्सानी सम्बन्धमा कुनैपनि उत्तरदायित्व वहन गर्ने छैन।

नियम ६ (प्रतिलिपि अधिकार)

वर्णन भेलामा प्रयोग हुने दस्तावेज एवम् अन्य प्रतिलिपि अधिकार सम्बन्धित वस्तुहरू संशोधन गर्ने, प्रतिलिपि बनाउने, बदल्ने, बिक्री गर्ने जस्ता कार्यहरू निषेधित छन्। पुनश्च, वर्णन भेलामा प्रयोग हुने दस्तावेज एवम् अन्य प्रतिलिपि अधिकार सम्बन्धित वस्तुको प्रतिलिपि अधिकारलाई अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार सन्धि एवम् जापान राष्ट्रको प्रतिलिपि अधिकार सम्बन्धी ऐन-कानुनद्वारा सुरक्षित राखिएको छ।

नियम ७ (आधिकारिक कानुन एवम् क्षेत्राधिकार भएको अदालत)

१. यस विनियमावलीले जापान राष्ट्रको कानुनलाई आधिकारिक मान्नेछ।
२. वर्णन भेलामा सहभागी अथवा यस विनियमावली सम्बन्धमा प्रयोगकर्ता र यस कम्पनी बीचमा कुनै विवाद उत्पन्न भएमा, टोकियो जिल्ला अदालतलाई प्रथम इजलास बस्ने विशेष क्षेत्राधिकारधारी अदालत मानिने छ।

नियम ८ (प्रयोग विनियमावली परिवर्तन)

१. यस कम्पनीले आवश्यकता ठहर गरेको बखतमा, आप्रवासन तथा निवास नियन्त्रण निकायबाट अनुमोदन प्राप्त गरी प्रयोगकर्तालाई अग्रिम रूपमा सूचित नगरिकनै, यस विनियमावलीलाई परिवर्तन गर्न सक्नेछ। पुनश्च, यस विनियमावलीलाई परिवर्तन गर्दा त्यसको सूचनालाई अविलम्ब WEB फाराममा राखेर सार्वजनिक गर्नेछ।
२. प्रयोगकर्ताले WEB फाराम प्रयोग गरेर सहभागिताको आवेदन दिएपिच्छे यस विनियमावली निश्चय गर्ने गरेको मानिने छ र यस विनियमावली परिवर्तन पश्चात् सहभागिताको आवेदन दिएको बखतमा, परिवर्तन पश्चात्को विनियमावलीमा मन्जुरी जनाएको मानिने छ।

नियम ९ (अन्य)

वर्णन भेलामा आप्रवासन तथा निवास नियन्त्रण निकाय अथवा यस कम्पनीद्वारा वर्णन भेला सञ्चालन गरिरहेको अवस्थाको भिडियो वा फोटो खिच्ने कार्य र उक्त भिडियो वा फोटोलाई वेबसाइट, SNS, छापाको सामाग्रीहरू मार्फत एड्भर्टाइज गर्नमा प्रयोग गर्ने हो भने अग्रिम रूपमा मन्जुरी लिएको हुनुपर्नेछ।

नियम १० (भाषा)

यस विनियमावलीलाई जापानी भाषामा तयार पारी, नेपाली भाषामा अनुवाद गरिने छ। जापानी भाषा संस्करण सक्कल प्रति हुनेछ र सन्दर्भ सामाग्री स्वरूप नेपाली भाषा संस्करणको नक्कल तयार पारिने छ। यी दुई भाषाबीचमा कुनै भिन्नता देखिएमा या बाझिएमा जापानी भाषा संस्करणलाई प्राथमिकता दिइने छ।

अनुसूची

यस विनियमावली सन् २०२५ जून महिना ३० तारिखबाट लागु हुनेछ।

व्यक्तिगत सूचना प्रतिको व्यवहार सम्बन्धमा (निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला)

Rhino Connect Inc. एवम् SKword Co., Ltd.ले आप्रवासन तथा निवास नियन्त्रण निकायबाट ठेक्कामा लिएर सञ्चालन गर्ने वर्णन भेलाको सञ्चालन एवम् वर्णन भेला सहभागिता आवेदन फारामको सञ्चालन सम्बन्धी कार्य (उपरान्त "यस परियोजना" भनिने।)मा यहाँहरूबाट प्राप्त हुने व्यक्तिगत सूचनालाई निम्नानुसार व्यवहार गरिने छ।

नियम १ (व्यक्तिगत सूचनाको परिभाषा)

यस परियोजना मार्फत प्राप्त गरेको नामथर, राष्ट्रियता, बसोबास-भिसा, फोन नम्बर, इमेल एड्रेस, अन्य व्यक्तिगत विशेष पहिचान हुने जानकारीलाई व्यक्तिगत सूचना भनिने छ।

नियम २ (व्यक्तिगत सूचना प्रदान)

व्यक्तिगत सूचना प्रदान ऐच्छिक हो तर सहभागिताको आवेदनमा आवश्यक पर्ने व्यक्तिगत सूचना प्रदान नगरेमा वर्णन भेलामा सहभागी हुन मिल्दैन। पुनश्च, प्रदान गर्नुभएको व्यक्तिगत सूचनालाई नियम ३ मा तोकिएको परिधि भित्र रहेर मात्र प्रयोग गरिनेछ।

नियम ३ (प्रयोगको उद्देश्य)

व्यक्तिगत सूचनालाई तल उठान गरिएको उद्देश्य निमित्त मात्र प्रयोग गरिनेछ।
१. वर्णन भेलालाई उचित तवरले सञ्चालन एवम् कार्य सम्पादन गर्नका निमित्त।
२. वर्णन भेला सम्बन्धी हर प्रकारका सोधपुछ या विचारहरू प्रति सेवा प्रदान गर्नका निमित्त।
३. वर्णन भेला सम्बन्धी प्रश्नावली सर्वेक्षण गर्न, तथ्याङ्क सङ्कलन एवम् विश्लेषण गर्नका निमित्त।
४. वर्णन भेला सम्बन्धी उपलब्धि, कार्य सम्पादनहरू रिपोर्ट गर्न एवम् तथ्याङ्कहरू तयार पार्नका निमित्त।
५. वर्णन भेला सहभागिता आवेदन फारामलाई निरन्तर रूपमा सञ्चालन गरिराख्नका निमित्त।

नियम ४ (व्यक्तिगत सूचनाको व्यवस्थापन)

Rhino Connect Inc. एवम् SKword Co., Ltd.का व्यवस्थापकले व्यक्तिगत सूचनालाई कढाइकासाथ व्यवस्थापन गरी चुहावट, अनधिकृत प्रयोग, अदलीबदली जस्ता कार्य रोकथामका निमित्त आवश्यक उपाय अवलम्बन गर्नेछन्।

नियम ५ (व्यक्तिगत सूचना देखाउन मागदाबी गर्ने, सच्याउन लगाउने, प्रयोग बन्द गर्न लगाउने आदि)

व्यक्तिगत सूचना प्रयोग उद्देश्यलाई सूचित गर्ने, देखाउन मागदाबी गर्दा खुलासा गर्ने, सच्याउने, थप्ने अथवा मेट्ने, प्रयोग गर्न रोक्ने, हटाउने अथवा तेस्रो पक्षलाई प्रदान गर्न बन्द गर्ने गर्दा, मूल व्यक्ति पहिचान गरी उचित रूपमा सेवा प्रदान गरिनेछ। चाहना राख्ने महानुभावले तलको काउण्टरमा सम्पर्क गर्नुहोला।

【व्यक्तिगत सूचना सम्बन्धी सोधपुछ काउण्टर】

Raino Konekuto Inc. (आप्रवासन तथा निवास नियन्त्रण निकाय "निर्दिष्ट सीप प्रणाली उपयोग तथा प्रवर्धन निमित्तको प्रणाली बारेको वर्णन भेला सञ्चालन कार्य“ ठेक्का लिएको उद्यमी)
सम्पर्क ठेगाना: इमेल एड्रेस tokuteiginou@plan-sms.co.jp

【व्यक्तिगत सूचना सुरक्षा व्यवस्थापक】

व्यवस्थापक: तेत्सुशी मोरी
दरबन्दी: Rhino Connect Inc.

नियम ६ (भाषा)

यस व्यक्तिगत सूचना प्रतिको व्यवहारलाई जापानी भाषामा तयार पारी, नेपाली भाषामा अनुवाद गरिने छ। जापानी भाषा संस्करण सक्कल प्रति हुनेछ र सन्दर्भ सामाग्री स्वरूप नेपाली भाषा संस्करणको नक्कल तयार पारिने छ। यी दुई भाषाबीचमा कुनै भिन्नता देखिएमा या बाझिएमा जापानी भाषा संस्करणलाई प्राथमिकता दिइने छ।

अनुसूची

यसको सुरुवात सन् २०२५ जून महिना ३० तारिखबाट हुनेछ।

निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला; सहभागिता आवेदन फाराम प्रयोग विनियमावली

नियम १ (यस विनियमावलीको उद्देश्य)

यस विनियमावलीले आप्रवासन तथा निवास नियन्त्रण निकायले सञ्चालन गर्ने निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला (उपरान्त "वर्णन भेला" भनिने।)मा सहभागी हुन चाहने व्यक्ति (उपरान्त "प्रयोगकर्ता" भनिने।)द्वारा निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला सहभागिता आवेदन फाराम (उपरान्त "यस WEB फाराम" भनिने।) प्रयोग गरेर, वर्णन भेलामा सहभागिताको लागि आवेदनमा आवश्यक पर्ने जानकारीलाई आप्रवासन तथा निवास नियन्त्रण निकायमा प्रेषण गर्नका लागि आवश्यक बुँदाहरू निर्धारण गर्ने काम गर्छ।
पुनश्च, यस WEB फारामलाई आप्रवासन तथा निवास नियन्त्रण निकायबाट SKword Co., Ltd. (उपरान्त "यस कम्पनी" भनिने।)ले ठेक्का लिएर "निर्दिष्ट सीप प्रणाली उपयोग तथा प्रवर्धन निमित्तको निर्दिष्ट सीप बृहत समर्थन साइट सञ्चालन लगायतका कार्य”को लागि, यस कम्पनीले सञ्चालन गर्नेछ।

नियम २ (प्रयोग विनियमावलीको मन्जुरी)

यस WEB फाराम प्रयोग गरेर वर्णन भेलामा सहभागिताको लागि आवेदन दिनका लागि, यस विनियमावलीमा मन्जुरी जनाएको हुनुपर्ने आवश्यकता रहन्छ। पुनश्च, यस WEB फाराम प्रयोग गर्नु भएका महानुभावले यस विनियमावलीमा मन्जुरी जनाउनु भएको मानिने छ।

नियम ३ (व्यक्तिगत सूचनाको सुरक्षा)

यस कम्पनीले, यस WEB फारामद्वारा प्रयोगकर्ताबाट प्राप्त गरेको व्यक्तिगत सूचनाको हकमा, व्यक्तिगत सूचना सुरक्षा ऐन एवम् छुट्टै निर्धारण गरिने "व्यक्तिगत सूचना प्रतिको व्यवहार बारेमा" आधारित सुरक्षित एवम् उचित व्यवस्थापन गर्नेछ। साथै, सङ्कलन गरेको व्यक्तिगत सूचनालाई तल उठाइएका बाहेकका अन्य उद्देश्यका लागि प्रयोग गर्ने एवम् तेस्रो पक्षलाई प्रदान गर्ने हुँदैन।
१. वर्णन भेलाको सञ्चालक उद्यमीलाई प्रदान गरिने विवरण प्रापक: Rhino Connect Inc. (आप्रवासन तथा निवास नियन्त्रण निकायद्वारा ठेक्कामा दिइएको परियोजना "निर्दिष्ट सीप प्रणाली उपयोग तथा प्रवर्धन निमित्तको प्रणाली बारेको वर्णन भेला सञ्चालन कार्य" ठेक्कामा लिएको उद्यमी)प्रदान गर्नुको उद्देश्य: प्रणाली बारेको वर्णन भेला सञ्चालनको निमित्त प्रदान गरिने शीर्षक: यस WEB फारामबाट प्राप्त सम्पूर्ण जानकारी प्रदान गर्ने माध्यम: डेटाबेसमा एक्सेस गर्न दिएर
२. ऐन-कानुनमा आधारित वस्तुहरू

नियम ४ (निषेधित बुँदा)

यस WEB फारामको प्रयोग गर्दा तल उठान गरिएका कार्य निषेधित हुनेछ।
१. यस WEB फारामलाई वर्णन भेलामा सहभागी हुनको लागि आवेदन गर्नु बाहेकको उद्देश्यले प्रयोग गर्ने कार्य।
२. झुट्टा जानकारी दर्ता गर्ने कार्य।
३. आप्रवासन तथा निवास नियन्त्रण निकाय, यस कम्पनी वा अन्य तेस्रो पक्षको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, फोटो सम्बन्धी अधिकार, गोपनीयता सम्बन्धी अधिकार, अरूको मान प्रतिष्ठा, अन्य अधिकार वा लाभहरूलाई अतिक्रमण गर्ने कार्य।
४. यस WEB फाराम विरुद्ध अनधिकृत एक्सेस गर्ने कार्य।
५. यस WEB फारामको व्यवस्थापन एवम् सञ्चालनमा बदनियतपूर्ण अवरोध पुर्याउने कार्य।
६. अन्य ऐन-कानुनहरू उल्लङ्घन गरेको ठहर हुने खालका कार्य।

नियम ५ (उत्तरदायित्वमा नपर्ने बुँदा)

१. प्रयोगकर्ताले यस WEB फाराम प्रयोग गर्दा प्रयोगकर्ता एवम् तेस्रो पक्षलाई पुगेको कुनै हानी नोक्सानीमा यस कम्पनीले कुनै उत्तरदायित्व वहन गर्ने छैन।
२. यस WEB फारामको सञ्चालन रोक्ने, बन्दा गर्ने, स्थगन गर्ने गर्दा प्रयोगकर्तालाई पुगेको कुनैपनि हानी नोक्सानीमा यस कम्पनीले कुनै उत्तरदायित्व वहन गर्ने छैन।

नियम ६ (प्रतिलिपि अधिकार)

यस WEB फाराममा समावेशित प्रोग्राम एवम् अन्य प्रतिलिपि अधिकार सम्बन्धित वस्तुहरू संशोधन गर्ने, प्रतिलिपि बनाउने, बदल्ने, बिक्री गर्ने जस्ता कार्यहरू निषेधित छन्। पुनश्च, यस WEB फाराममा समावेशित प्रोग्राम एवम् अन्य प्रतिलिपि अधिकार सम्बन्धित वस्तुको प्रतिलिपि अधिकारलाई अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार सन्धि एवम् जापान राष्ट्रको प्रतिलिपि अधिकार सम्बन्धी ऐन-कानुनद्वारा सुरक्षित राखिएको छ।

नियम ७ (आधिकारिक कानुन एवम् क्षेत्राधिकार भएको अदालत)

१. यस विनियमावलीले जापान राष्ट्रको कानुनलाई आधिकारिक मान्नेछ।
२. यस WEB फारामको प्रयोग अथवा यस विनियमावली सम्बन्धमा प्रयोगकर्ता र यस कम्पनी बीचमा कुनै विवाद उत्पन्न भएमा, टोकियो जिल्ला अदालतलाई प्रथम इजलास बस्ने विशेष क्षेत्राधिकारधारी अदालत मानिने छ।

नियम ८ (प्रयोग विनियमावलीको परिवर्तन)

१. यस कम्पनीले आवश्यकता ठहर गरेको बखतमा, आप्रवासन तथा निवास नियन्त्रण निकायबाट अनुमोदन प्राप्त गरी प्रयोगकर्तालाई अग्रिम रूपमा सूचित नगरिकनै, यस विनियमावलीलाई परिवर्तन गर्न सक्नेछ। पुनश्च, यस विनियमावलीलाई परिवर्तन गर्दा त्यसको सूचनलाई अविलम्ब यस WEB फाराममा राखेर सार्वजनिक गर्नेछ।
२. प्रयोगकर्ताले प्रयोग गरेपिच्छे यस विनियमावली निश्चय गर्ने गरेको मानिने छ र यस विनियमावली परिवर्तन पश्चात् यस WEB फाराम प्रयोग गरेको बखतमा, परिवर्तन पश्चात्को विनियमावलीमा मन्जुरी जनाएको मानिने छ।

नियम ९ (सेवाको समाप्ति)

वर्णन भेला सहभागिताको आवेदन लिने समय समाप्त भएको समयविन्दुमा यस WEB फाराम सेवा पनि समाप्त हुनेछ।

नियम १० (भाषा)

यस विनियमावलीलाई जापानी भाषामा तयार पारी, नेपाली भाषामा अनुवाद गरिने छ। जापानी भाषा संस्करण सक्कल प्रति हुनेछ र सन्दर्भ सामाग्री स्वरूप नेपाली भाषा संस्करणको नक्कल तयार पारिने छ। यी दुई भाषाबीचमा कुनै भिन्नता देखिएमा या बाझिएमा जापानी भाषा संस्करणलाई प्राथमिकता दिइने छ।

अनुसूची

यस विनियमावली सन् २०२५ जून महिना ३० तारिखबाट लागु हुनेछ।

आवश्यक

अनिवार्य रूपमा भर्नुहोस्।

  • वर्णन भेला सम्बन्धी सोधपुछ
    Raino Konekuto Inc.
    ठेगाना:
    १०२-००८३ टोक्यो तो चियोदा कू कोउजिमाचि ३-५-२ BUREX Koujimachi B१F
    mail:
    tokuteiginou@plan-sms.co.jp
    खुल्ने समय: १०:०० बजे–दिउँसो १७:००
  • आवेदन फाराम सम्बन्धी सोधपुछ
    SKword Co., Ltd.
    ठेगाना:
    ४६१–०००१ आइचि-केन नागोया-शि 히गाशी-कू इजुमी १–२१–२७ Izumi First Square ९F
    mail:
    ml_nyukan@skword.co.jp
    खुल्ने समय: १०:०० बजे–दिउँसो १७:००