- होम
- निर्दिष्ट सीपको बारेमा
- जापानमा काम गर्नका चरणहरू
जापानमा काम गर्नका चरणहरू
“निर्दिष्ट सीप” भन्नाले, जापानमा खासगरी मानव संसाधन अपर्याप्त भइरहेको केही विशिष्ट औद्योगिक सेक्टरहरूमा एक निश्चित विशेषज्ञता वा सीप भएको विदेशी नागरिकले काम गरेर बस्नका निमित्तको बसोबास-भिसा हो। यसमा “निर्दिष्ट सीप (i)” र, त्यो भन्दा उच्च लेभलको सीप भएको “निर्दिष्ट सीप (ii)” गरी २ प्रकार रहेका छन्। यहाँ, “निर्दिष्ट सीप” बसोबास-भिसा अन्तर्गत जापानमा काम गर्नको लागि गर्नुपर्ने तयारी या अपनाउनु पर्ने प्रक्रियालाई बुझ्न सजिलो हुने गरी वर्णन गरिएकोले, सन्दर्भ सामाग्री स्वरूप हेर्नुहोला।
जापान आगमन अघि
चरण1जापानमा श्रम गर्छु
जापानमा श्रम गर्ने कुरामा चासो राख्ने
जापानमा आफूलाई कस्तो खालको काम गर्न मन छ? जापानको कुन ठाउँमा बसोबास गर्न मन छ? जापानमा निर्दिष्ट सीप अन्तर्गत काम गर्न मिल्ने १६ ओटा सेक्टर मध्ये, आफूले काम गर्न चाहेको काम कुन चाहिँ हो? साथै, जापानमा जीवनयापन गर्ने या काम गर्दै जाने क्रममा, ध्यान पुऱ्याउनुपर्ने कस्ता खालका कुराहरू हुन्छन् आदि, आफूले गर्ने कामको परिकल्पना गर्दै निर्दिष्ट सीप बारेमा खोजी हेर्नुहोला।
- "निर्दिष्ट सीप (i) अन्तर्गतका हरेक सेक्टरको कामको विषयवस्तु (Job Description) | आप्रवासन तथा निवास नियन्त्रण निकाय
- निवासको स्थिति“निर्दिष्ट सीप” के हो? | निर्दिष्ट सीप बृहत समर्थन साइट: विदेशी नागरिक लक्षित
- जीविकोपार्जन ओरिएन्टेशन भिडियो |आप्रवासन तथा निवास नियन्त्रण निकाय
- निर्दिष्ट सीप सम्बन्धी हरेक देश पिच्छेको जानकारी | आप्रवासन तथा निवास नियन्त्रण निकाय
निर्दिष्ट सीप बारेमा खोज्ने
निर्दिष्ट सीप भनेको विदेशी नागरिकले जापानमा आफूले काम गर्ने फिल्डमा उत्रने वित्तिकै एक मानव संसाधन स्वरूप सक्रिय रूपमा काम गर्न सकून् भन्ने हेतुले बनाइएको बसोबास-भिसा हो। निर्दिष्ट सीप भित्र, “(i)” को बसोबास-भिसा र “(ii)” को बसोबास-भिसा हुन्छ। (ii)को बसोबास-भिसाको लागि (i)को बसोबास-भिसा भन्दा पनि, परिपक्व सीप आवश्यक पर्छ। "निर्दिष्ट सीप (i) अन्तर्गतको बसोबास-भिसामा श्रम गर्नको लागि, निर्दिष्ट प्रवीणता परीक्षा र जापानी भाषा प्रवीणता परीक्षा दिएर पास गर्नुपर्ने हुन्छ (सिद्धान्ततः, प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्रोसँग सम्पन्न गरेको व्यक्तिले भने परीक्षा पास गरिराख्नु पर्ने आवश्यकता रहँदैन। तथापि, फरक सेक्टर तथा वर्गमा रहेर श्रम गर्न चाहेमा भने, उक्त चाहेको सेक्टरको परीक्षामा पास हुनुपर्ने हुन्छ।)। तत्पश्चात्, कम्पनीसँग रोजगारी करारमा अनुबन्धित भएमा, “निर्दिष्ट सीप” अन्तर्गतको बसोबास-भिसा आवेदन गर्न सकिनेछ।
“निर्दिष्ट सीप” निर्दिष्ट प्रवीणता परीक्षा/ जापानी भाषा प्रवीणता परीक्षा पास गर्ने
निर्दिष्ट सीप (i) को लागि, श्रम गर्ने सेक्टरको निर्दिष्ट प्रवीणता परीक्षाको साथसाथै, जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा (JFT-Basic) वा जापानी भाषा प्रवीणता परीक्षा (JLPT) N4 वा सोभन्दा माथि (*)पास गर्नुपर्ने हुन्छ। परीक्षाको रूपरेखा तथा समय तालिका बारेमा तलको वेबसाइट हेर्नुहोस्।
- *अटोमोबाइल ढुवानी उद्योग अन्तर्गतको ट्याक्सी, बस तथा रेलमार्गको सञ्चालन-व्यवस्थापन कर्मचारीको लागि भने, जापानी भाषा प्रवीणता परीक्षा (JLPT) N3 वा सोभन्दा माथिको आवश्यकता पर्छ।
- *नर्सिङ्ग स्याहार सुसारको लागि, जापानी भाषा प्रवीणता परीक्षा N4 को साथसाथै, नर्सिंग केयर जापानी भाषा कुशलता मूल्यांकन परीक्षा पास हुनुपर्ने हुन्छ।
चरण 2 कम्पनी खोज्ने
पठाउने निकाय खोज्ने
त्यसपछि पठाउने निकाय मार्फत मात्र जापान आउन पाउने नियम भएका देशका नागरिकको लागि, पठाउने निकाय खोज्नुपर्ने हुन्छ। पठाउने निकाय चयन गर्दाको मेइन-पोइन्ट भनेको, लाइसेन्स छ कि छैन, भुक्तानी गर्नुपर्ने सेवा शुल्कको राशि ठिक छ कि छैन, आदि बारेमा उक्त देशका पठाउने निकाय बारे जानकारी दिने साइटमा गएर खोज्नुपर्ने हुन्छ। देश अनुसार प्रक्रिया अपनाउने कार्यविधिहरू फरक पर्न सक्ने भएकोले, सर्वप्रथम आफ्नो देशमा आवश्यक पर्ने प्रक्रिया के कस्ता छन् चेक गर्नुहोला।
काम खोज्ने
पठाउने निकायमा दर्ता गरेपछि काम खोजाइ सुरु हुन्छ। पठाउने निकायले काम खोजाइमा सहायता गर्छ। पठाउने निकाय प्रयोग नगर्ने हो भने, आफैँले काम खोज्नुपर्ने हुन्छ। पठाउने निकाय प्रयोग नगरी आफैँले काम खोज्ने हो भने, उद्योगको कर्मचारी माग गरेको विज्ञापनको वेबसाइट या विदेशी नागरिक लक्षित रोजगार मेला आदिबाट खोजेर हेर्नुहोला।
कम्पनीसंग सम्झौता गर्नु
काम भेट्टाउनु भयो भने, कम्पनीमा अन्तर्वार्ताको लागि आवेदन दिनुहोला। अन्तर्वार्ता पास भएमा कम्पनीसँग करार गरिन्छ। कस्तो खालको काम हो भन्ने कुरा राम्ररी सोधेर, काम गर्ने स्थान, तलब आदि निश्चय गर्नुहोला। कम्पनीले श्रमिकलाई, श्रम सर्त बारेको सूचना पत्र जारी गर्नुपर्ने हुन्छ। करारको समयमा, स्पष्टसँग रोजगारीका सर्तहरू निश्चय गर्नुहोला। JP-MIRAI पोर्टलको आर्टिकल “कम्पनीहरूले गर्न नहुने कुराहरू” हेरेर जानकारी लिँदा राम्रो हुन्छ।
चरण3बसोबास-भिसा आदिको आवेदन दिने
अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिने
कम्पनीसँग रोजगारी करार गरेपछि, क्षेत्रीय अध्यागमन ब्यूरोमा बसोबास-भिसा अनुमोदित प्रमाणपत्र (COE) आवेदन गर्ने। रोजगारी दिने कम्पनीको कर्मचारीले तपाईँको तर्फबाट आवेदन दिन सक्छ। बसोबास-भिसा अनुमोदित प्रमाणपत्र (COE) जारी हुनको लागि 1 देखि 3 महिनासम्म लाग्न सक्ने भएकोले, समय विचार गरेर आवेदन दिनुहोस्। बसोबास-भिसा अनुमोदित प्रमाणपत्र (COE) जारी भएमा, स्थानीय राजदूतावास या वाणिज्य दूतावासमा प्रवेशाज्ञा-भिसाको लागि आवेदन दिनुहोला। प्रवेशाज्ञा-भिसाको आवेदन दिने क्रममा, आफ्नो देशमा भएको जापानी कूटनीतिक नियोगको वेबसाइट आदि चेक गर्नुहोस्।
जापान आगमन देखि जापान आगमन पश्चात्
चरण1जापान जाने
जापान आगमनको समयमा लिन जाने
पासपोर्ट, बसोबास-भिसा अनुमोदित प्रमाणपत्र (COE) एवम् प्रवेशाज्ञा-भिसाहरू लिएर जापान आउनुहोला। जापानमा आइपुगेपछि लिन आउने सुविधा भएकोले, पहिले नै सम्पर्क गरेर दर्ता गरिएको सहायता संस्थाहरू तथा कम्पनीको मानिससँग एयरपोर्टमा पर्खिने स्थान लगायतका कुराहरू निश्चय गरी राख्नुहोला।
चरण2जापानमा जीवनयापन गर्ने/ काम सुरु गर्ने
जापानमा जीवनयापन गर्ने/ काम स्टार्ट गर्ने !
जापानमा पुगेर जीवनयापन गर्ने या काम स्टार्ट गर्ने क्रममा, दर्ता गरिएको सहायता संस्थाहरू वा कम्पनीबाट ओरिएन्टेशन कक्षा लिन सकिन्छ। जापानमा जीवनयापन गर्दा या काम गर्दा ध्यान पुऱ्याउनुपर्ने कुरा सोधेर, नबुझेको कुरा भएमा प्रश्न गर्नुहोला।
चरण3जापान आएर केही समय बितेपछि
जापान आएर केही समय बितेपछि
जापानको जीवनयापनमा अभ्यस्त भएपछि पनि काम गरेको कम्पनीमा घुलमिल हुन नसकी, फरक कम्पनीमा काम गर्न मन लाग्ने मानिस पनि हुन्छन्। काम परिवर्तन गर्न मन लागेको बेलामा, हेल्लो वर्क आदि समेत प्रयोग गर्दै, आफूले काम फेर्न चाहेको कम्पनी पत्ता लगाऔँ (*)। पुनश्च, फरक कम्पनीमा काम गर्नु अघि, अनिवार्य रूपमा बसोबास-भिसा परिवर्तन गर्नुपर्ने कुरामा ध्यान पुऱ्याउनुहोस्। बसोबास-भिसा परिवर्तन नगरेमा, गैर-कानुनी रोजगारी गरेको हुन जान्छ।
*फरक सेक्टरमा काम परिवर्तन गर्न नसकिने भएकोले, ध्यान पुऱ्याउनुहोस्।
जापानमा अप्ठ्यारो परेको बेला
जापानमा अप्ठ्यारो परेको अवस्थामा, परामर्श गर्न सकिने डेस्क रहेको हुन्छ, तसर्थ जापानमा जीवनयापन तथा काममा अप्ठ्यारो परेको अवस्थामा, एक्लै मिलाउने कोशिस नगरीकन, अवश्य पनि परामर्श डेस्क आदिको उपयोग गर्नुहोला।